तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय लोकबाजा प्रशिक्षण सुरु

घोराही। लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्द्रा)प्रशिक्षण दाङ घोराही गुलरीयामा सुरु भएको छ। प्रशिक्षण कार्यक्रम आज ओैपचारिक रुपमा घोराही उपमहानगरपालिका का मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङ२को स्थानीय व्यवस्थापन सञ्चालित उक्त कार्यक्रम चैत२२बाट सुरु भई वैशाख१ गते समापन हुनेछ।

लुम्बिनी विभिन्न जिल्लाका २२जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक वरिष्ठ ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा व्यावहारिक तालिम दिनुहुने छ।

उद्घाटन समारोह प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा कार्यक्रम संयोजन अशोक राईको सभापतित्व र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आथित्यतामा राधाकृष्ण सामूहिक अध्ययन केन्द्र दाङको हलमा भएको थियो।

माननीय शान्ता चौधरी ,डा.गोविन्द आचार्य ,डा कृष्णराज सर्बहारी साथै स्थानीय समाजसेवी तथा समुदायको उपस्थिति भएको उद्घाटन कार्यक्रमलाई प्रशिक्षण कार्यक्रमका संयोजक कुलवीर चौधरीले सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रम वैशाख १ गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र वितरण कार्यक्रम सहित समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button