तपाईँ सुन्दै हुनुहुन्छः

जसपा सप्तरीद्वारा स्वघोषित उम्मेदवार घोषणा नगर्न आग्रह 

प्तरी । जनता समाजवादी पार्टी सप्तरीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वघोषित उम्मेदवार घोषणा नगर्न आग्रह गरेका छ । जसपाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हो । 

जसपाका सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पार्टी निर्देशन विपरीत कार्य गर्ने जो कोहीलाई पनि अनुशासनको कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहको चुनावमा उम्मेदवार चयन प्रक्रियालाई प्रभावित गर्ने गतिविधि गर्न नगराउन सम्बन्धित सबैसँग आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, पार्टी निर्देशन विपरीतको आफूलाई स्वघोषित उम्मेदवार भएको भनी भ्रम फैलाउने क्रियाकलाप बन्द नगरिए  जोकोहीलाई पनि अनुशासनको कारबाही हुने कुरा जानकारी गराउन चाहन्छु । 

विज्ञप्तिमा जिल्लामा केही व्यक्तिले पार्टी निर्देशन, विधि, प्रक्रिया र निर्वाचन  सम्बन्धी कार्यविधिलाई नै चुनौती दिने गरी आफूलाई उम्मेदवार भएको भनी सामाजिक सञ्जालमा जनतामा भ्रम फैलाउने गतिविधि गरेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

जनता समाजवादी पार्टी सप्तरीले वडा देखि पालिका सम्म उम्मेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको अवगत नै छ ,जसपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, पार्टीको स्थानीय तह निर्वाचन कार्यविधि २०७९ अनुसार उम्मेदवार चयन गरी एक तह माथि सिफारिस गर्नुपर्ने प्रावधान छ, विज्ञप्तिमा अगाडि भनिएको छ, पार्टीले निर्णय नै नगरी आकाङ्क्षी उम्मेदवारले सामाजिक सञ्जालमा प्रचार प्रसार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button