तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका अध्यक्षमाथि आक्रमण

धादिङ। खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।

नेपाली कांग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा काँग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहनुभएका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । काँग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाउनुभयो ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button