तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसको मधेश प्रदेश समिति विस्तार, सङ्गठन विभागमा मन्त्री सिंह

जनकपुरधाम । कांग्रेस, मधेस प्रदेशको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई दिइएको छ ।

कांग्रेस प्रदेश कार्यसमितिको उपसभापति समेत रहेका सिंहलाई कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले सिंहलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले मधेस प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा प्रदीप यादवको नाम अनुमोदन गरेको छ ।

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले प्रस्ताव गरेको कार्य सम्पादन समिति र प्रदेश संसदीय समिति समेत गठन गरिएको छ । स्थानीय चुनाव नजिकिँदै जाँदा कांग्रेस मधेस प्रदेश समितिले पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो ।

जनकपुरधामस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको बैठकले प्रदेश कार्य सम्पादन समितिको समेत टुङ्गो लगाएको मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्य सम्पादन समितिमा प्रदेश सभापति यादव, उपसभापति द्वय सिंह र चन्द्रशेखर कुमार यादव, महामन्त्री द्वय उपेन्द्रकुमार यादव र वृहस्पतिकृष्ण श्रेष्ठ, सह–महामन्त्रीहरू जयनारायण प्रसाद यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव र कोषाध्यक्ष प्रदीपकुमार यादव पदेन सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button