भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दशैँमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले थप चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दशैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।
नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्म असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । आदिकवि भानुभक्त आचार्य गण्डकी प्रदेशमा जन्मिएकाले उनको सम्मान तथा सम्झनामा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।
त्यसैगरी प्रदेश सरकारले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा पनि बिदा दिने निर्णय गरेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्