एआईजी बढुवा सिफारिसविरुद्ध रिट निवेदन न्यायाधीश कुमार चुडालको एकल इजलासमा

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिसको निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइका लागि आज पनि पेशीमा चढेको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सो रिट निवेदनमाथि सुनुवाइ हुनेछ । यसअघि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सो मुद्दाको पेशी तोकिएपनि हेर्न नमिल्ने सुचीमा परेको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले कनिष्ठ डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेर आफूहरूमाथि विभेद गरेको भन्दै तीन डिआइजीले बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत रिट दायर गर्नुभएको हो ।
सर्वोच्च जानुअघि उहाँहरूले बढुवा सिफारिस विरुद्ध सुनुवाइ समितिमा उजुरी दिनुभएको थियो । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्