सिन्धुपाल्चोकको पहरेपानीमा लडेर एकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित पहरेपानीका ३० वर्षीय सन्तोष थामीको पहरेपानीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सोमबार दिउँसो साँढे ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकोमा गम्भीर चोट लागपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभए पछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको थियो ।
जिल्ला प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी दक्षकुमार बस्नेतले थामीको उपचारका क्रममा आज बिहान ५ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । छारे रोगी समेत रहेका थामीले घटनाको दिन मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।








प्रतिक्रिया राख्नुहोस्