जगदम्बा १२ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि एनआरटीलाई
बारा । जगदम्बा १२ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि न्यु रोड टिम (एनआरटी) ले उचालेको छ ।
सिमरा रङ्गशालामा शनिवार भएको खेलमा विभागीय टिम एपीएफलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो ।

एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो । यो उपाधि उचालेसँगै एनआरटीले जीतपुरसिमरा गोल्डकप विजेताको सूचिमा आफूलाई पनि उभ्याउन सफल भएको छ ।
जित हात पारेसँगै एनआरटीले ट्रफिसहित १० लाख हात पारेको छ । उपविजेता एपीएफले पाँच लाख प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित एनआरटीका मेसुकेले एक थान बेनेली मोटरसाइकल प्राप्त गर्नुभयो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित हुनुभयो ।
प्रतियोगिताको फेयर प्लेको उपाधि विजय यूथ क्लब हेटौँडाले प्राप्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्