तपाईँ सुन्दै हुनुहुन्छः

आज २३ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ९ सय ९ नमूना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६६ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३० हजार ४ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button