तपाईँ सुन्दै हुनुहुन्छः

आज ११ जनामा कोरोना संक्रमण, ९० जना निको

काठमाडौँ । आज देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ३ सय ६० नमूना परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ९० संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ५६ हजार ९ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button