तपाईँ सुन्दै हुनुहुन्छः

रसुवामा काँग्रेसको घरदैलो अभियान तीव्र

रसुवा । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली काँग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । 

पाँच गाउँपालिका रहेको रसुवामा काँग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो ।

नेपाली काँग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडा स्तरसम्म परिचालन भएको काँग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीय स्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको काँग्रेसले अघिल्लो निर्वाचनभन्दा यस पटकको माहौल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ ।

रसुवाबाट प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाउँपालिकामा नेपाली काँग्रेसले विजय हासिल गर्ने बताउनुहुन्छ । 

उहाँले समृद्ध रसुवा निर्माणका लागि आगामी निर्वाचनमा रसुवाली नागरिकले यस पटक कांग्रेस नै रोज्ने उहाँको धारणा छ । 

हाल काँग्रेसले नेतृत्व गरिरहेका गाउँपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले पनि समृद्ध रसुवाका निर्माणका लागि काङ्ग्रेसकै नेतृत्व आवश्यक रहेको पुष्टि गरेकाले पनि आसन्न स्थानीय तह निर्वाचनमा यहाँका सबै पालिकामा कांग्रेस विजयी हुने उहाँले बताउनुभयो । 

पाँच स्थानीय तह भएको रसुवामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले दुई, नेकपा (एमाले)ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । 

नयाँ शक्ति पार्टीको रसुवा जिल्ला कार्यसमिति सहितको पार्टी यसअघि नै नेपाली काँग्रेसमा विलय भइसकेको छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button