तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा माटाे खन्ने क्रममा एक महिलाको मृत्यु, एक गम्भीर घाइते

अछाम।अछाम जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ७ मा माटाे निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

माटो खन्ने क्रममा वडाको जैसीगाँउका हर्क जैसीकी २६ वर्षीय श्रीमती धनसरा जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो ।

चैते दशैँको लागि घर लिपपोत गर्न गहिरो खाडलबाट माटाे निकाल्ने क्रममा माटोको खाडलमा पुरिएर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँमा सोही गाउँका पत्र जैसीकी १४ वर्षीय छोरी चन्द्रा जैशी पनि गम्भीर घाइते भएकी छन् ।स्थानीय जाल्पा माध्यमिक विद्यालय मुंग्राचौरमा कक्षा ६ मा अध्ययनरत रहेकी जैसी मृतक महिलासँगै माटो खन्ने क्रममा च्यापिएर घाइते भएकी हुन् । घाइतेलाई स्थानीयले उद्धार गरी खाडलबाट निकालेका थिए ।

घाइते जैसीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ ।आज बिहानै दशैँका लागि घर लिपपोत गर्ने माटाे ल्याउन उनीहरू गएका वडा नम्बर ७ का वडाअध्यक्ष सिद्धराज ढुङ्गानाले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button