स्थानीय तहमा गठबन्धन गर्ने विषयमा छलफल भएको छैन : राप्रपा अध्यक्ष लिङदेन

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको निर्वाचनका लागि कुनै दलसँग औपचारिक रुपमा गठबन्धनका लागि कुरा नभएको बताउनु भएको छ ।
राप्रपाका अध्यक्ष लिडदेनले जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै तथापि आवश्यकता अनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग चुनावी तालमेल हुन सक्ने बताउनु भयो ।
उहाँले अघिल्लो निर्वाचनमा सबै स्थानबाट आफूहरूको पार्टीबाट उम्मेदवार नउठेको भएपनि यस पटक सबै स्थानीय तहबाट उम्मेदवार उठाउने तयारीमा पार्टी रहेको बताउनुभयो ।
राप्रपाका अध्यक्ष लिङदेनले एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल गर्न सक्ने बताउनु भयो ।
लिङदेनले राप्रपाले जितेको स्थानीय तहलाई नमुनाको रुपमा विकाससँगै जनतालाई प्रत्यक्ष रुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन आफूहरूको प्रमुख एजेण्डा भएको बताउनु भयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा जति स्थानीय तह जिते ती सबैलाई नमुना पालिका बनाउने दाबी गर्नु भयो । राप्रपाले बोलेर होइन गरेर देखाउने पक्षमा रहेको अध्यक्ष लिङदेनले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्