तपाईँ सुन्दै हुनुहुन्छः

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई 

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई तोक्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।

प्रधानमन्त्री देउवा मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी गृहमन्त्री खाँणलाई जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button