बसको ठक्करबाट धनुषामा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम–ढल्केवर सडक खण्डमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बसको ठक्करबाट मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर घर भएका वर्ष ३५ का मनोज लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधामबाट लक्ष्मीनियातर्फ जाँदै गरेको प्र–२–०३–००१ ख नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा८०च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पुष्प बाटिका स्कुलको सो बसले जनकपुरधाम ढल्केवर ६ लेन सडकको नेपाल खाद्य संस्थानको कार्यालय अगाडी उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बस प्रहरीको नियन्त्रणमा भए पनि बसका चालक भने फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्