तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा कार दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

सर्लाही । सर्लाहीको लालबन्दीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गए राति साढे ९ बजेको समयमा लालबन्दी नगरपालिका वडा नं. १७  कालिनजोर पुल छेउमा पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बिआर ०६ बि एम १५३७ भारतीय नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कार चालक भारतस्थित जिल्ला सितामढी बयलडाबड धनुषी –२ बस्ने अन्दाजी वर्ष २२ का नवीन यादव रहेका छन् ।  कार बाटोभन्दा १० फिट दक्षिण पर पल्टिएको थियो  ।

यसैगरी, घाइतेहरू भारतस्थित सितामढी जिल्ला बयलडाबड धनुषी –२ बस्ने वर्ष  २७ का अतुल कुमार, वर्ष  १९ को उमेश  भन्ने दिबयान्स यादव, वर्ष २८ का प्रिन्सराज, वर्ष २२ का बजरङगी  भन्ने शौरव यादव, जिल्ला मुजफ्फरपुर रामनगर १ बस्ने वर्ष २५ का अजित यादव रहेका छन् । 

यादवको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button