तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्के घ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ । 

उहाँले अब यस क्षेत्रमा बाढी पहिरोले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्‍याएको थियो । 

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन । 

मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो । 

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समय समयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्‍याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ । 

उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्‍याउने गरी काम गर्न निर्देशन दिनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button