तपाईँ सुन्दै हुनुहुन्छः

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

सप्तरी । म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सप्तरीको महदेवा गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय अरविन्द कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button