तालमा डुबेर युवकको मृत्यु
कञ्चनपुर । बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ ।
महेन्द्रनगरको बस पार्कस्थित होटेलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका बेला नुहाउने क्रममा तालमा डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउने क्रममा मृत्यु भएको हो ।
रासस








प्रतिक्रिया राख्नुहोस्