तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीको भारत भ्रमण: सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण हुने’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत्र १८ गतेदेखि २० गतेसम्म गर्न लाग्नुभएको भारत भ्रमण दुई देश बिचको सम्बन्ध बिस्तारमा महत्त्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमण दलमा केही उद्योगी व्यवसायीको पनि सहभागिता रहने जानकारी दिँदै भ्रमणको तयारी भइरहेको बताउनुभयो ।

प्रवक्ता लम्सालले श्रीलङ्कामा भइरहेको बिम्स्टेक राष्ट्रहरूको पाँचौँ सम्मेलनलाई भोलि प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने जानकारी दिनुभयो ।

उहाँले परराष्ट्र मन्त्री डा.नारायण खड्का बिम्स्टेक बैठकमा सहभागी हुन कोलम्बो पुग्नुभएको र त्यहाँ विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको बताउनुभयो ।

यसैगरी पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले हालै साउदी अरेबियाका राजकुमार एवं विदेश मन्त्री फैसल बिन फहरानको नेपाल भ्रमण हुनुले साउदी अरेबियाले नेपाललाई उच्च महत्त्व दिएको बताउनुभयो ।

यस्तै चिनियाँ विदेश मन्त्री वाङ यीको ३ दिने नेपाल भ्रमण दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button