तपाईँ सुन्दै हुनुहुन्छः

लोडसेडिङ घटाउन उद्योगीहरूको सरकारसँग आग्रह 

विराटनगर । एक हप्ता देखी दैनिक १४ घण्टासम्म हुँदै आएको लोडसेडिङले सुनसरी मोरङ कोरिडोर क्षेत्रका उद्योग धराशायी बन्दै गएको भन्दै अघोषित लोडसेडिङ अन्त्य गर्न उद्योगी व्यवसायीले माग गरेका छन् ।

वर्तमान विद्युत् सङ्कटको सम्बन्धमा मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पिक आवरमा ६ घण्टासम्म लोडसेडिङ गर्दा आफूहरूलाई स्वीकार्य हुने बताउनुभयो । सरकारको समस्या प्रति आफूहरू पनि  गम्भीर रहेकाले सेडुल दिएर ६ घण्टा लोडसेडिङ गर्दा उद्योगीलाई  मान्य हुने उहाँहरूले बताउनुभयो ।  

कार्यतालिका प्रकाशित नगरी अचानक लोडसेडिङ गरेर विद्युत् संकट सृजना भएको भन्दै विद्युत् आपूर्ति बन्द गर्दा कोरिडोरका उद्योगको उत्पादन ६० प्रतिशतले घटेको उद्योगीहरूले बताएका छन् । उनीहरूले लोडसेडिङका कारण कोरिडोर क्षेत्रका ५ सयभन्दा बढी उद्योगको उत्पादन अहिले ४० प्रतिशत मात्र रहेको बताइएको छ ।

सरकारका मन्त्री तथा विद्युत् प्राधिकरणका कार्यकारीले  उद्योगीहरूको कार्यक्रममा  पटक पटक अव लोडसेडिङ नहुने प्रतिबद्धता जनाउँदै आएकोमा यसरी लोडसेडिङ हुँदा उद्योगीमात्र होइन हजारौँ मजदुरहरूको समेत रोजगारी गुमेको उहाँहरूको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button