पुटिन विरुद्ध दिएको अभिव्यक्ति बाइडनद्वारा स्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पोल्याण्डको राजधानी वार्सामा आफूले रुसी राष्ट्रपति भ्यालदमिर पुटिन रुसको शासन सत्तामा बस्न दिन नहुने बताएको स्वीकारोक्ति गर्नु भएको छ ।
यसैबीच, युक्रेनी सेनाले राजधानी कियम नजिकको इरपिन सहरलाई रुसी सेनाबाट फिर्ता लिएको सञ्चार संस्था अलजजिराले जनाएको छ ।
उता रुस र युक्रेनको मध्यस्थकर्ता टर्कीमा प्रत्यक्ष वार्तामा बस्ने भएका छन् । वार्ता मार्फत युद्वविराम सहमति गर्ने महत्वकाक्षी लक्ष्य आफूहरूले लिएको युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाले उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्