प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन
मुगु । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिकको अनावरण तथा भवनको उद्घाटन गर्नुभएको छ ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्ध कद सालिक अनावरण र बिपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूर दराजबाट प्रजातन्त्रका लागि लडेका र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्व बखतबहादुर शाहीलाई सम्मान गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्रीले उहाँको सालिक बनाएकाले आफूसहित सिङ्गो काँग्रेस खुसी भएको र शहीदप्रति सच्चा सम्मान भएको बताउनुभयो ।
स्व बखतबहादुर शाहीलाई २०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए ।
रासस







प्रतिक्रिया राख्नुहोस्