‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त प्रणाली प्रयोगमा आएसँगै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा, घटना घटेको एक वर्षभित्र पीडितले क्षतिपूर्ति दाबी गर्न सक्ने जानकारी दिनुभयो ।
सेवा लिनुपर्ने नागरिकले वैदेशिक रोजगार बोर्डको वेबसाइटमा गएर श्रमिक कल्याणकारी सेवाहरू प्राप्त गर्न सक्ने र वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनअनुसार श्रम स्वीकृति लिएर विदेश गएको नागरिकको हकमा उक्त सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।
नियमावलीमा मृत्यु, अङ्गभङ्ग, गम्भीर बिरामी भएमा नियमानुसार पाइने आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च र अलपत्र शव नेपाल ल्याउने, अलपत्र श्रमिकलाई नेपाल झिकाउने, निःशुल्क शव ढुवानी सेवालगायत सेवाहरू पीडितले प्राप्त गर्न सक्ने उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्