‘पहिचान स्थापित भएसँगै मधेसको शिर ठाडो भएको छ’
बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिचान स्थापित भएसँगै मधेसको शिर ठाडो भएको बताउनुभएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास तथा भूमि पूजनपछि आयोजित कार्यक्रममा अध्यक्ष यादवले नागरिकता विधेयक संसद्मा चाँडै पेश हुने र विधेयक पास भएसँगै तराई मधेसमा उत्पन्न नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभयो ।
उहाँले मुलुकको स्थायित्व र विकासका लागि समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताउनुहुँदै दुई तिहाइको सरकार पनि टिक्न नसकेको अवस्थामा शासकीय निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्नेमा दिनुभयो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले नेकपा एमालेले निषेधको राजनीति गर्न खोजेमा उसैलाई घाटा हुने चेतावनी दिनुभयो । उहाँले आउँदो स्थानीय निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सबै दलहरूको काँधमा आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्