वायु प्रदूषण र यसले निम्त्याउने संकट

काठमाडौँ । अन्तर्राष्ट्रिय एक रिपोर्टका अनुसार नेपाल विश्वको प्रदूषित मुलुकको १०औँ स्थानमा छ भने प्रदूषित सहरहरूमा काठमाडौँ छैटौँ स्थानमा रहेको छ ।
जलवायु परिवर्तन र ९९ प्रतिशत जनसङ्ख्यामा स्वास्थ्य समस्याको कारक वायु प्रदूषण भएको समेत तथ्याङ्कले देखाएको छ ।
सहरको बाक्लो प्रदूषणदेखि घरभित्र सम्मको धुवाँको प्रदूषणले हरेक वर्ष विश्वको ७० लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । विश्वका लगभग ९९ प्रतिशत जनसङ्ख्याले प्रदूषित हावामा श्वास फेर्दा विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
केही दिनअघि सार्वजनिक एक रिपोर्टका अनुसार नेपाल विश्वको प्रदूषित मुलुकको १०औँ स्थानमा छ भने काठमाडौँ छैटौँ प्रदूषित सहर बनेको छ ।
हरेक वर्ष सार्वजनिक हुने वर्ल्ड एयर क्वालिटी रिपोर्टमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्व स्वास्थ्य सङ्गठनले तोकेको मा भन्दा ९ दशमलव २ गुणा बढी छ । यस्तै काठमाडौँको भने एक्यूआई ५०.९ छ, जुन मापदण्ड भन्दा १० गुणा बढी प्रदूषित हो ।
हरेक वर्ष सार्वजनिक हुने वर्ल्ड एयर क्वालिटी रिपोर्टमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्व स्वास्थ्य सङ्गठनले तोकेको मा भन्दा ९ दशमलव २ गुणा बढी छ । यस्तै काठमाडौँको भने एक्यूआई ५०.९ छ, जुन मापदण्ड भन्दा १० गुणा बढी प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार हावामा कणहरूको मात्रा अर्थात् पी.एम २.५ हुनुपर्छ । तर, १ सय १७ देश र ६ हजार ४ सय ७५ प्रमुख सहरको वायु प्रदूषण मापन तथा विश्लेषण गरिएको वर्ल्ड एयर क्वालिटी रिपोर्टमा भने कुनै पनि मुलुकले मापदण्ड पुरा नगरेको उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई एक प्रमुख स्वास्थ्य आपत्काल भनेको छ । विश्व स्वास्थ्य सङ्गठनले गर्ने एक सेसन विज्ञानमा कुराकानीमा डा.मरिया नैराले सहरमा जीवनयापन गर्ने प्रत्येक १० व्यक्ति मध्ये ९ जनाले प्रदूषित वायुमा श्वास लिन बाध्य रहेको बताउनुभएको छ । उहाँ थप्नुहुन्छ “वायु प्रदूषणले विभिन्न किसिममा स्वास्थ्य समस्यालाई निम्ताउने गरेको छ ।”
यसै सन्दर्भमा विश्वको छैटौँ प्रदूषित सहरका रुपमा सुचीकृत काठमाडौँको वायु प्रदूषण नियन्त्रणका लागि के–कस्ता कार्यहरू भइरहेका छन् भन्ने प्रश्नमा बाग्मती प्रदेश बन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले हाल प्लाष्टिक नियन्त्रण तथा हरियालीका लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तह, प्रदेश र सङ्घसँगको समन्वयमा वायु प्रदूषण नियन्त्रणका लागि योजना तर्जुमाको तयारीमा रहेको समेत जानकारी दिनुभयो ।
सहरमा जीवनयापन गर्ने प्रत्येक १० व्यक्ति मध्ये ९ जनाले प्रदूषित वायुमा श्वास लिन बाध्य रहेका छन् ।
जलवायु परिवर्तनदेखि मानव स्वास्थ्यको गम्भीर जोखिमको कारक रहेको वायु प्रदूषणलाई नियन्त्रण तथा न्यूनीकरणका लागि सरोकारवालाले विशेष ध्यान दिन ढिला गर्न नहुने विज्ञहरूको सुझाव छ ।
कोरोना महामारीले मानव जगत थलिएको बेला सङ्क्रमितका लागि स्वास्थ्यकर्मीहरूको एक स्वास्थ्य अनुरोध थियो “तपाई बसेको कोठाको झ्याल तथा ढोका खुल्ला राख्ने गर्नुहोस्” ताकी स्वच्छ हावा ओहोरदोहोर गर्न पाओस् र श्वासप्रश्वासमा कुनै समस्या नहोस् ।
तर, यो स्वास्थ्य सुझावको ठिक विपरीत काठमाडौँमा भने बाहिरको दूषित हावाबाट बच्न झ्यालहरू बन्द गर्न वर्ल्ड एयर क्वालिटीले सुझाव दिएको छ । यसका साथै बाहिर निस्कँदा अनिवार्य मास्क लाउन, बाहिर गएर शारीरिक व्यायाम नगर्न र एयर प्युरीफायर यन्त्रको प्रयोग गर्न सिफारिस गरिएको छ ।
महामारी तथा वायु प्रदूषण जस्ता जोखिमहरूका कारण संविधानले दिएको स्वच्छ वातावरणको हकमाथि भने नमिठो प्रश्न उठाइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्