इलाममा ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव हुने

इलाम । इलाममा ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ हुने भएको छ ।
झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा सम्मका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत २५ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव हुन लागेको हो ।
‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव मूल आयोजक समितिसहित २१ वटा संस्था आयोजक रहेका छन् ।
इलामस्थित ठूलो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।
मेची कोरिडोरभित्र पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङ चारै जिल्लालाई केन्द्रित गर्दै महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजना गरिएको समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताउनुभयो । चार जिल्लाका हरेक पालिकामा भएका पर्यटकीय गन्तव्यलाई एकै ठाउँमा राखेर जानकारी गराउने जनाइएको छ ।
महोत्सवमा चार जिल्लाका ४२ स्थानीय तहका आ–आफ्नै स्टल र निजी क्षेत्रका स्टलहरू गरी ७० वटा स्टल राखिने जनाइएको छ ।
महोत्सवमा संस्कृति, खाद्य परिकार, कृषि उत्पादन, कृषि पर्यटन, साहित्य, सांस्कृतिक कार्यक्रम समावेश गराइने भएको छ ।
महोत्सव अवधिमा चलचित्र सम्बन्धी विभिन्न तालिम तथा कार्यशाला आयोजना गरिएको छ । चलचित्र निर्माण सम्बन्धी तालीम सीप बारे चलचित्र क्षेत्रका अनुभवी व्यक्तिहरूबाट सिकाइने छ । जसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । चलचित्र छायाङ्कन गर्न सकिने स्थानहरूको बारेमा प्रचार प्रसार हुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्