तपाईँ सुन्दै हुनुहुन्छः

‘गण्डकी प्रदेशको धार्मिक पर्यटन समृद्धिको मुख्य आधार’

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको धार्मिक पर्यटन समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गरी धार्मिक विकास गरिने बताउनुभयो ।

आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै त्यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताउनुभयो ।

हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबिच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी मात्र नभएर सभ्यता समेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताउनुभयो ।

ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button