थप २३ जनामा कोरोना सङ्क्रमण, २ सय १५ जना निको

काठमाडौँ । आज देशभर थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
५ हजार २ सय २२ नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज २ सय १५ सङ्क्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज २४ हजार ६ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्