श्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ

बर्दिबास । महोत्तरीमा स्रोत नखुलेको ५५ लाखसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको औरही नगरपालिका–२ चेपकट बस्ने करिब २० वर्षीय धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
औरही नगरपालिका–१ स्थित जलेश्वर, रामगोपालपुर–बर्दिबास सडकखण्डमा मोटरसाइकलमा सवार रहेका यादव र सहनीको साथबाट उक्त रकम फेला परेको हो ।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।
पक्राउ परेका यादव र सहनी उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धानसमेत भइरहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्