तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारीलाई ठगी खाने भाँडो नबनाऔँ’

भक्तपुर । बागमती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छेले सहकारी क्षेत्रलाई ठगी खाने भाँडोको रुपमा उपयोग गर्न नहुने बताउनुभएको छ ।

भक्तपुर सूर्य विनायक नगरपालिका १ सिरुटारमा आज आयोजित जय गणपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सहकारीको नाममा विकृति बढ्दै गएको बताउनुभयो । राज्यमन्त्री जोन्छेले सहकारी क्षेत्रले निम्न मध्यम वर्गका लगायत सबै जनताको हितमा समेत कार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमण कायस्थले केही बर्ष अघि जय गणपति बचत तथा ऋण सहकारीमा समस्या आएको भए पनि अहिले ऐन बमोजिम उत्साहजनक ढङ्गले सहकारी सञ्चालन भइरहेको बताउनुभयो ।

सूर्य विनायक नगरपालिकाका सहकारी प्रमुख राजेन्द्र श्रेष्ठ र सुनपा वडा नं.१ का वडाध्यक्ष सानुकाजी कायस्थले सहकारीलाई ठगी खाने भाँडो बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सहकारी अभियानलाई देशमा व्याप्त गरिबी न्यूनीकरण र आर्थिक, सामाजिक रूपान्तरणका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग राज्यमन्त्री जोन्छेले जय गणपति बचत तथा ऋण सहकारीले प्रकाशन गरेको नयाँ बर्ष २०७९ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै सहकारीले सञ्चालन गरेको हवाई टिकट सेवाको समेत शुभारम्भ गर्नुभयो ।

सहकारीले यस अघि नै मनि ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button