इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन काभ्रेले इजाजत पत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै इजाजत पत्र प्राप्त हातहतियार २०७८ चैत्र मसान्तसम्म नजिकैको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो, विश्वसनीय र भयरहित बनाउन जिल्लाभित्र रहेका सबै इजाजत पत्र प्राप्त हातहतियारहरू चैत्र मसान्त भित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासन कार्यालयले हतियार धनीहरूलाई आग्रह गरेको जनाएको छ । प्रशासनले प्रहरीलाई बुझाइएका हातहतियार निर्वाचन पश्चातसम्बन्धीत व्यक्तिहरूलाई फिर्ता गरिने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्