तपाईँ सुन्दै हुनुहुन्छः

एसएसबीद्वारा व्यापारमा अवरोध

कञ्चनपुर । कञ्चनपुरस्थित नेपाल–भारत सीमा नजिक पर्ने नेपाली भू–भागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले व्यापारमा अवरोध गरेको छ ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि भारतीय पक्षले अवरोध गरेको हो । ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको स्थानीय हरिश पन्तले बताउनुभयो ।

भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको भीमदत्त नगरपालिका–९ अध्यक्ष राम नाथले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button