प्रदेश सभापतिद्वारा स्थानीय तहको पार्टी साङ्गठनिक अवस्थाबारे जानकारी

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकको बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो क्षेत्रमा पार्टीको अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीति तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो क्षेत्र अन्तर्गतका स्थानीय तहमा पार्टी साङ्गठनिक अवस्थाबारे जानकारी गराउनुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

आजको बैठकमा सुदूरपश्चिम प्रदेश बाहेक अन्य ६ वटा प्रदेशका सभापतिहरूले आफ्नो धारणा राख्नुभएको र सत्ता गठबन्धन पनि कायम तथा स्थानीय सङ्गठनको अवस्था पनि नबिग्रने गरी चुनावी रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको नेता निधिले बताउनुभयो ।
केन्द्रीय समितिको आज ६ प्रदेशका सभापतिहरू सहित २१ जना केन्द्रीय सदस्यहरूले आफ्ना भनाई राख्नुभएको छ ।
समितिको अर्को बैठक चैत्र १३ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्