टाइग्रे विद्रोहीहरू ‘शत्रुता अन्त्य’ गर्न सहमत
अदिस अबाबा। तिग्रेयन विद्रोहीहरू शुक्रवार “शत्रुताको अन्त्य” गर्न सहमत भएका छन् ।
एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रवार युद्धविराम गर्न राजी भएका हुन् ।
विद्रोहीहरूले शुक्रवार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू “तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् ।”








प्रतिक्रिया राख्नुहोस्