तपाईँ सुन्दै हुनुहुन्छः

भोलि ११ गते कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा भोलि चैत्र ११ गते सार्वजनिक बिदा दिएको छ । रानाथारु समुदायको खखडेहरा पर्व भएकोले सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

त्यसैगरि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button