निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा गराइनेछ: गृहमन्त्री खाँण
कपिलवस्तु | गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस शिवराज नगरपालिका समिति कपिलवस्तुले आज चन्द्रौटामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले सिङ्गो देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित भएको र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध तय गरिएको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री खाँणले यही चैत ११ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुने बताउनुभयो ।
गृहमन्त्री खाँणले पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्