तपाईँ सुन्दै हुनुहुन्छः

योगले मानवलाई तन्दुरुस्त बनाउँछ : वरिष्ठ नेता पौडेल

दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्त्वपूर्ण सहयोग पु¥याउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उहाँले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमित रूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्त्वका बारेमा उजागर गर्नुपर्छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्त्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताउनुभयो । उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिक रूपमा योग गर्नुपर्नेमा जोड दिनुभयो । यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button