तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीमा प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स र नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची ब्याडमिन्टन एकेडेमीको आयोजनामा हुने प्रतियोगिता यही चैत ११ र १२ गते हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोगी हुने आयोजक मेलम्ची ब्याडमिन्टन एकेडेमीले जनाएको छ ।

प्रतियोगिताका विजेतालाई जिल्ला स्तरीय खुल्ला पुरुष डबल्सतर्फ प्रथम द्वितीय र तृतीयलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष कुमार बहादुर सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button