तपाईँ सुन्दै हुनुहुन्छः

बरण्डा भाँचिएर सात जना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ मा बरण्डा भाँचिएर सातजना जना घाइते भएका छन् । लालीगुराँस सहकारी संस्थाको भवनमा बैठक बस्न जम्मा भएका मानिसको भार काठको बरण्डाले थेग्न नसकेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो । 

घाइते हुनेमा सबिना राई, पार्वता बस्नेत, हरिमाया बस्नेत, निरु गौतम, राधा बस्नेत, मनकुमारी कार्की लगायत रहेकोमा हरिमाया बस्नेतको अवस्था जटिल रहेको जनाइएको छ ।

घाइतेमध्ये सोताङ गाउँपालिका–५ की ३५ वर्षीया हरिमाया बस्नेत,  वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुलुङ र ३० वर्षीया पार्वती बस्नेतलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button