चुनाव केन्द्रित बन्न सांसदहरूलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सांसदहरूलाई केन्द्रित हुन निर्देशन दिएको छ ।
काठमाडौँमा आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई कुनै हैसियत नखोजी कार्यकर्ता भएर जनतासँग जान निर्देशन दिनुभएको हो ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभरि एमालेले गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्