तपाईँ सुन्दै हुनुहुन्छः

आज ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार १ सय ७५ नमूनाको परिक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज २ सय १३ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १ लाख ५ हजार ४ सय २२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button