अवैध रुपमा नेपाल ल्याइएका कुखुराको चल्ला नष्ट

कपिलवस्तु । जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवैध बोईलर कुखुराको चल्ला नष्ट गरिएको छ ।
विशेष सूराकीको आधारमा विओपि कृष्णानगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको ७ जनाको टोली तथा विओपि विजय नगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले मङ्गलवार राति टोलीले अवैध बोईलर कुखुराको चल्ला बरामद गरेको हो ।
बरामद गरिएका १ हजार५ सय वटा अवैध ब्रोइलर कुखुराको चल्ला अन्दाजी मूल्य १ लाख २० हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गरिएको चल्ला विओपि कृष्णनगरको प्राङ्गणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्र भलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८ र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको बोर्डर आउट पोष्ट कृष्णनगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्