होलीमा जबरजस्ती रङ दल्ने र लोला हान्ने काम नगर्न आग्रह
टीकापुर कैलाली । होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न इलाका प्रहरी कार्यालय टीकापुरले आग्रह गरेको छ ।
रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा आपराधिक गतिविधिलाई रोक्न सबैलाई सचेत हुन प्रहरीले आग्रह गरेको हो ।
पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छा विपरीतका कार्य भए त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी रूपमा कारबाही गर्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । यसका साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला गर्ने, समूहगत झैँ–झगडा गर्ने र क्षमताभन्दा बढी यात्रु राख्ने विरुद्ध पनि कारबाही गरिने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्