बागमती प्रदेश प्रमुख शर्मा र उपरथी श्रेष्ठबिच भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नेपाली सेनाका मध्य कमान्ड पोखराका उपरथी बाबुराम श्रेष्ठबिच आज मङ्गलवार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रदेश प्रमुख शर्माले आम नागरिकको सेवाका लागि नेपाली सेनाले सक्रियतापूर्वक महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।

समाजमा नागरिकका भावना बुझ्दै आफ्ना कार्यमा लागिपरेको बताउँदै शर्माले समाजको उत्थान तथा विकासका लागि सेनाको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो ।
यस्तै, प्रमुख शर्माले सीमान्त समुदायका नागरिकलाई मूलधारमा ल्याउनका लागि नेपाली सेनासँग सहकार्य गरिनुपर्ने बताउनुभयो । भेटका क्रममा उपरथी श्रेष्ठले आफूहरू नागरिकको सेवाका लागि लागिपरेको बताउँदै प्रदेश प्रमुखसँगको भेटले थप उत्साह मिलेको बताउनुभयो ।
वर्षा याम सुरु हुन लागिरहेकाले आफूहरू विपद् व्यवस्थापनको तयारी अवस्थामा रहेको उपरथी श्रेष्ठले बताउनुभयो । भेटमा प्रमुख शर्माले उपरथी श्रेष्ठलाई मायाको चिनोका रुपमा काठको ठेकी प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्