तपाईँ सुन्दै हुनुहुन्छः

झम्सिखेल र नयाँ बस्ती बीचको खेल बराबरी 

ललितपुर । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा झम्सिखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले १-१ गोलको बराबरी खेलेका छन् । 

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ बस्ती युथ क्लबका लागी खेलको १५ औ मिनेटमा सोनाम  योञ्जनले गोल गर्दै खेलमा नयाँ बस्तीलाई अग्रता दिएका थिए । तर नयाँ बस्तीको अग्रता धेरै समय टिक्न सकेन र  खेलको १८औं मिनेटमा  झम्सिखेलका सञ्जय रम्तेलले फ्री-किक मार्फत उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरेका थिए । 

दोस्रो हाफ गोल रहित रहे पछि  खेल १-१ को बराबरीमा सकियो । 

सोमबारको खेलको ‘म्यान अफ द म्याच’ झम्सिखेलका सञ्जय रम्तेल भएका छन् । 

बराबरी पछि झम्सिखेल पाँच खेलबाट ६ अङ्क  प्राप्त गरी लिगको छैठौ स्थानमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button