स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुभएको छ ।
नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले तह र सरकार भन्ने कुरा ठूलो नभएको भन्दै दलीय सहमतिले तह हटाएर सरकार बनाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुख्य कुरा सेवा प्रवाह भएकाले नगरपालिकाहरुले जनतालाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको काम हेरेरै जनताले समग्र शासन व्यवस्थाबारे धारणा बनाउने भएकाले मुलुकभरका सहरहरूलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्