तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको ऐनापहरामा बस र सुमो ठोक्किँदा १३ जना घाइते

file photo

तनहुँ । तनहुँको ऐनापहरामा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारमा आइतबार मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घाइते ९ जनाको पोखरामा उपचार भईरहको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button