तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नम्बर १ को नामकरण चाडै टुङ्गो लगाइने : मन्त्री आङबो

पाँचथर । प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले  प्रदेशको नामकरण चाँडै टुङ्गो लगाइने बताउनुभएको छ । 

पाँचथरको फिदिममा लिम्बू समुदायको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको ११ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री आङबोले प्रदेशको नामकरण गर्दा बषौँदेखि पछाडि परेको समुदायको पहिचानलाई समेत ध्यान दिएर प्रदेश नम्बर १ को नामकरण गर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

उहाँले लिम्बू तथा मैथिली भाषालाई प्रदेश नम्बर १ को कामकाजी भाषाको रुपमा विकास गरेर अघि बढ्ने कार्यको लागि भाषा आयोगले काम अघि बढाएको बताउनुभयो । 

किरात याक्थुम चुम्लुङको सो महाधिवेशनमा विभिन्न जिल्लाबाट आफ्नो भेषभुषासहित सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button