तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ पत्रकार राम केसीको निधन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसी चौतारेको निधन भएको छ ।

पत्रकार केसीको विहीबार बेलुकी साढे ६ बजे काठमाण्डौंस्थित काठमाडौं  मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । ७५ वर्षीय केसी दम रोग र छाती सङ्क्रमणका कारण अस्वस्थ भई गत कात्तिकदेखि उपचाररत हुनु हुन्थ्यो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत केसीको अस्पतालमै निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकको पूर्व केन्द्रीय पार्षद्समेत रहेका केसीले  २०२६ देखि पत्रकारिता सुरु गर्नु भएको थियो । विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत केसीले नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, कृष्णरत्न गंगा माविद्वारा साहित्य सम्मान,  प्रेस युनियन सिन्धुपाल्चोकबाट सम्मान, दैवीप्रकोक उद्धार पदक, मिडिया प्वाइन्ट पुरस्कार, २०५४ र २०५७ मा राष्ट्रिय समाचार समितिबाट उत्कृष्ट समाचार लेखन पुरस्कारलगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गर्नु भएको छ । साहित्य सिर्जनामा पनि समर्पित स्व. केसीको उत्पीडन ९कथा सङ्ग्रह २०५००, सुस्केरा र सुसेली ९गीति सङ्ग्रह २०६०० र नियति (कथा सङ्ग्रह) प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button